"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक सय ४६ सिटको परिणाम सार्वजनिक : कांग्रेसले ४९ र एमालेले ३८ क्षेत्रमा जित हासिल

प्रकाशित मिति :  26 November, 2022 10:27 am


काठमाडौं । गत आइतवार दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा शनिवार बिहान सम्म १४६ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। बाकि १६ क्षेत्रको मतगणना जारी छ ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ४९ सिट जित्दै ५ स्थानमा अझै अग्रता लिईरहेको छ । नेकपा एमालेले ३८ क्षेत्रमा जित हासिल गरेका छ भने ६ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १६ जित सहित २ स्थानमा अगाडी देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित निकालेको छ । राप्रपाले ६ स्थानमा विजय भएको छ भने १ स्थानमा अग्रता लिईरहेको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा दुई दुई ठाउँमा जित निकालेका छन्। अब १६ क्षेत्रको मत आउन बाकि छ भने दोलखा, स्याङ्जा र बाजुराको मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने