"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक सय ४६ सिटको परिणाम सार्वजनिक : कांग्रेसले ४९ र एमालेले ३८ क्षेत्रमा जित हासिल

प्रकाशित मिति :  26 November, 2022 10:27 am


काठमाडौं । गत आइतवार दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा शनिवार बिहान सम्म १४६ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। बाकि १६ क्षेत्रको मतगणना जारी छ ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ४९ सिट जित्दै ५ स्थानमा अझै अग्रता लिईरहेको छ । नेकपा एमालेले ३८ क्षेत्रमा जित हासिल गरेका छ भने ६ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १६ जित सहित २ स्थानमा अगाडी देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित निकालेको छ । राप्रपाले ६ स्थानमा विजय भएको छ भने १ स्थानमा अग्रता लिईरहेको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा दुई दुई ठाउँमा जित निकालेका छन्। अब १६ क्षेत्रको मत आउन बाकि छ भने दोलखा, स्याङ्जा र बाजुराको मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको