"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकको विकासका लागि अब सुशासन आवश्यक : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति :  29 November, 2022 1:24 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताउनुभयो ।

“राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्नुपर्छ ।”

अध्यक्ष दाहालले आफूलाई गोरखाली जनताले दिएको विश्वास र जिम्मेवारी पूरा गर्ने सङ्कल्प गर्नुभयो । उहाँले आगामी पाँच वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकास गर्ने दाबी गर्नुभयो ।

“गोरखामा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र खाद्य सम्प्रभुता, कृषिको आधुनिकीकरण लगायतका यी सबैमा मेरो ध्यान छ”, उहाँले भन्नुभयो, “ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त छु ।”

अध्यक्ष दाहालले गोरखाली जनसमुदायको सद्भावले सकारात्मक ऊर्जासहित काम गर्न आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने