"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरूङ विजयी

प्रकाशित मिति :  3 December, 2022 10:01 pm


काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराएका हुन्।

अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने