"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरूङ विजयी

प्रकाशित मिति :  3 December, 2022 10:01 pm


काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराएका हुन्।

अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको