"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

प्रकाशित मिति :  5 December, 2022 11:53 am


दोलखा । दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ३१७ मतान्तरले पराजित गरेका हुन् ।

समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्ने बताइएको छ ।

जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ७९९ र शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका छन् ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने