"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार गठनका लागी सत्तागठबन्धनको पहिलो बैठक बस्दै

प्रकाशित मिति :  5 December, 2022 12:14 pm



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको छ । बैठक अपराह्न ३ बजेका लागि तय भएको नेताहरूले बताएका छन् ।

माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरिसकेका छन् । उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय पनि गरेका छन् । कांग्रेस र जनमोर्चाले भने चुनावी समीक्षा गर्न बाँकी छ ।

चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘सुरुमा चुनावी समीक्षा हुन्छ । त्यसपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘सत्तारूढ गठबन्धन कायमै रहेर नयाँ सरकार बन्ने हाम्रो विश्वास छ ।’

चुनावको समीक्षा गर्न गठबन्धनको बैठक बोलाइएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । ‘गठबन्धनको बैठकमा चुनावी समीक्षा हुन्छ,’ उनले भने, ‘गठबन्धनको समीक्षा र निष्कर्षका आधारमा कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने