"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातकितर्फको सटि बाँडफाँट हुँदै, कुन दलले कति सिट ?

प्रकाशित मिति :  6 December, 2022 9:36 pm


काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारणको तयारी गरेको छ।

आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ।

मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्यांकसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन्। सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखत रूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबारै सबै परिणामको विवरण टुंगो लगाउन निर्देशन दिएका छन्।

आयोगबाट निर्णयलगत्तै बुधबार सम्बन्धित दललाई पत्र पठाइनेछ। प्रतिनिधि सभातर्फ कुल सदर मतको तीन र प्रदेश सभातर्फ कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ।

उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत संख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन्।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधि सभातर्फ सात दिन र प्रदेश सभातर्फ तीन दिन समय पाउने छन्। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने