"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिक सांसदको नामावली रूजु गर्दै आयोग

प्रकाशित मिति :  11 December, 2022 1:26 pm


काठमाडौं । दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ।यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो।

दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो। दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र सांसदका नाम पठाउन समय दिइए पनि राति अबेर दलहरूले नाम पठाएका थिए।

क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुन: दलहरूलाई पत्राचार गर्दैछ। समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ। उनीहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ।

निर्वाचन आयोगमा रहेका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दलहरूले पठाएका नाम आयोगले छानबिन गरी प्रमाणित गर्ने बताएका छन्। कुनै त्रुटि भएको भए दलहरूले सोमबारसम्म सच्याउन पाउने उनले जानकारी दिए।

प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन्।

आयोगले मंसिर २९ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने