"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

प्रकाशित मिति :  14 December, 2022 6:02 pm


काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले बुधबार सर्वोच्चमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज माग गर्दै दुई वटा छुट्टाछुट्टै रिट दर्ता भएको जानकारी दिनुभयो ।

सिन्धुली घर भएका युवराज पौडेलले संवैधानिक इजलासमा दायर गर्नुभएको रिटमा लामिछानेको सांसद पद र रास्वपाको सभापति पद खारेज गर्न माग गरिएको छ ।

उक्त रिटमाथि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्ष बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने