"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

प्रकाशित मिति :  14 December, 2022 6:02 pm


काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले बुधबार सर्वोच्चमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज माग गर्दै दुई वटा छुट्टाछुट्टै रिट दर्ता भएको जानकारी दिनुभयो ।

सिन्धुली घर भएका युवराज पौडेलले संवैधानिक इजलासमा दायर गर्नुभएको रिटमा लामिछानेको सांसद पद र रास्वपाको सभापति पद खारेज गर्न माग गरिएको छ ।

उक्त रिटमाथि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्ष बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी