"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय दलको नेता लड्ने तयारीमा शेखर कोइराला

प्रकाशित मिति :  16 December, 2022 10:17 am


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं दाबेदार हुन् भने शेखर समूहका महामन्त्री गगनकुमार थापाले चुनावताका नै दलको नेता लड्ने घोषणा गरेका थिए ।

डा. शेखरले औपचारिक रुपमा त केही बोलेका छैनन्, तर समूहका नेताहरुसँग हुने आन्तरिक भेटघाटहरुमा दलको नेता लड्ने प्रष्ट संकेत दिएका छन् । एक नेताका अनुसार ‘तपाईँ के गर्नुुहुन्छ’ भन्ने प्रश्नमा डा. शेखरले शेरबहादुरलाई दलको नेता लड्छु भनिसकेँ भन्ने गरेका छन् ।

नेताहरुका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चितजस्तै छ । ‘हार्ने चुनाव’ मा को उम्मेदवार हुने भन्ने विवाद गर्ने हो भने १४औं महाधिवेशनबाट बनेको यो समूहको नाश मात्र हुने भन्दै केही नेता सहमति खोज्न भन्दै दौडधुप गरिरहेका छन् । सांसदहरुलाई भेट्दै आएका एक नेता भन्छन्, ‘१५ औं शेखरलाई सभापतिमा अघि सार्ने घोषणा गर्न लागाउने र संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने हाम्रो प्रस्ताव छ ।’

गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद पनि गरेका छन् । तर सहमतिको संकेत देखिएको छैन । शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार