"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस कार्यसम्पादन समिति बैठकमा संसदीय दलको चुनावबारे छलफल हुदै

प्रकाशित मिति :  18 December, 2022 11:35 am


काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्। कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।

कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुन्छ। पार्टीका धेरै सांसद संसदीय दलको नेताका लागि इच्छुक भएकोले चुनाव हुन सक्ने देखिएको छ।

सभापति शेरबहादुर देउवा पुन: दल नेता हुन खोजेका छन् भने महामन्त्री गगन थापा पनि दल नेता बन्न खोजेका छन्। सँगै रामचन्द्र पौडेल र शेखर कोइराला पनि संसदीय दलको नेतामा चुनाव उठ्न खोजेको चर्चा हुने गरेको छ।

‘अब संसदीय दलको नेता चयन गर्न छलफल हुन्छ,’ एक पदाधिकारीले भने, ‘सकेसम्म सर्वसम्मत, नभए चुनावबाट दल नेता चयन गरिन्छ।’

यसैबीच प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले शनिबार नवनिर्वाचित कांग्रेसका सांसदलाई चियापानमा बोलाएका थिए। बालुवाटारमा भएको चियापानमा सांसदहरू उपस्थित रहेका थिए।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको छ। उक्त प्रमाण  पत्र बुझेपछि कांग्रेसले संसदीय दलको नेता चयन गर्न तयारी थाल्ने बताएको थियो। अब केही दिनमा कांग्रेसले संसदीय दलको नेता चयन गर्नेछ।

संसदीय दलको नेता प्रधानमन्त्री उम्मेदवार हुन पाउँछन्। साथै कांग्रेसले नयाँ सरकार गठनबारे पनि पार्टीमा छलफल गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने