"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार गठन बारेमा केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

प्रकाशित मिति :  18 December, 2022 2:49 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो। ‘शुक्रबार राति उहाँहरूबीच सरकार गठन प्रक्रियाका विषयमा छलफल भएको हो,’ बालकोट स्रोतले भन्यो।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ। सोहीअनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको स्रोतको भनाइ छ।

‘सत्ता गठबन्धनले पनि सरकार बनाउने प्रक्रिया अगाडि बढाएको छ। दोस्रो ठूलो दल भएकाले त्यो डिजर्ब हामीले पनि गर्छौं। त्यही हिसाबले पहलकदमी गरिरहेका छौं,’ एमालेका एक नेताले बताए।

मंसिर ४ को नर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने