"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार गठन बारेमा केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

प्रकाशित मिति :  18 December, 2022 2:49 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो। ‘शुक्रबार राति उहाँहरूबीच सरकार गठन प्रक्रियाका विषयमा छलफल भएको हो,’ बालकोट स्रोतले भन्यो।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ। सोहीअनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको स्रोतको भनाइ छ।

‘सत्ता गठबन्धनले पनि सरकार बनाउने प्रक्रिया अगाडि बढाएको छ। दोस्रो ठूलो दल भएकाले त्यो डिजर्ब हामीले पनि गर्छौं। त्यही हिसाबले पहलकदमी गरिरहेका छौं,’ एमालेका एक नेताले बताए।

मंसिर ४ को नर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी