"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्ने

प्रकाशित मिति :  21 December, 2022 5:16 pm


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूकाे शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाकाे अध्यक्षतामा सर्वदलीय बैठक बाेलाइएकाे छ ।

बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे हो।

संसद्‍ सचिवालय स्राेतका अनुसार १२ राजनीतिक दलबाट १-१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे छ ।

उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमकाे ब्रिफिङ गर्ने एक अधिकारीले बताए । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेकाे छ ।

उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पाेसाकमा आउन या आफ्नाे माैलिक संस्कृति झल्किने पाेसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने