"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्ने

प्रकाशित मिति :  21 December, 2022 5:16 pm


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूकाे शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाकाे अध्यक्षतामा सर्वदलीय बैठक बाेलाइएकाे छ ।

बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे हो।

संसद्‍ सचिवालय स्राेतका अनुसार १२ राजनीतिक दलबाट १-१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे छ ।

उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमकाे ब्रिफिङ गर्ने एक अधिकारीले बताए । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेकाे छ ।

उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पाेसाकमा आउन या आफ्नाे माैलिक संस्कृति झल्किने पाेसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी