"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीमा देउवा र प्रचण्ड दुवैको दाबी

प्रकाशित मिति :  23 December, 2022 10:37 pm


काठमाडौं । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको हो।

सरकार गठनको समय दुई दिन बाँकी रहँदा शुक्रबार साँझ देउवा र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल भयो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेको स्रोत बताउँछ। देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ फर्काएका थिए।

दुबै नेताले अडान नछोड्दा छलफल विफल भएको स्रोतको दाबी छ। ‘प्रचण्डजीले प्रधानमन्त्री दिनैपर्ने अडानमा आउनुभएको थियो। तर प्रधानमन्त्रीज्युले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर दोहोर्‍याउनुभयो,’ स्रोत भन्छ। अन्त्यमा दुबै नेताले गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुंगो लगाउने निष्कर्ष निकालेको स्रोत बताउँछ। सम्भवतः शनिबार गठबन्धनको बैठक बस्नेछ। बैठकले देउवा वा प्रचण्ड कसलाई स्वीकार्ने हो त्यो हेर्न भने बाँकी छ।

माओवादीका महासचिव देव गुरुङले पनि आजको बैठकमा निष्कर्ष ननिस्किएको बताए। उनले भोलि बेलुकासम्म टुंगो लाग्ने बताए। ‘प्रधानमन्त्री टुंगो आजै लगाउने प्रयास हाम्रोतर्फबाट भएको थियो। तर बैठकले निष्कर्ष दिन सकेन। सम्भवतः भोलि बेलुकासम्म निष्कर्ष निकाल्छौं,’ गुरुङले अन्नपूर्णसँग भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने