"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा प्रचण्ड र देउवा निर्णायक छलफलमा

प्रकाशित मिति :  24 December, 2022 2:21 pm


काठमाडौं । आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ।

शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि देउवा र प्रचण्ड आज पुनः ३ बजे भेटवार्ता गर्न लागेका बालुवाटार स्रोतले जनाएको छ। यसअघि आजै बिहान ११ बजे माओवादी नेता वर्षमान पुनले देउवालाई भेटेका थिए। अध्यक्ष प्रचण्डको सन्देश लिएर गएका उनी बालुवाटारमा १५ मिनेट मात्रै बसेका स्रोतले बताएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। तर, गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय नटुंगिँदा गठबन्धनकै भविष्य अनिश्चित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी