"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा प्रचण्ड र देउवा निर्णायक छलफलमा

प्रकाशित मिति :  24 December, 2022 2:21 pm


काठमाडौं । आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ।

शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि देउवा र प्रचण्ड आज पुनः ३ बजे भेटवार्ता गर्न लागेका बालुवाटार स्रोतले जनाएको छ। यसअघि आजै बिहान ११ बजे माओवादी नेता वर्षमान पुनले देउवालाई भेटेका थिए। अध्यक्ष प्रचण्डको सन्देश लिएर गएका उनी बालुवाटारमा १५ मिनेट मात्रै बसेका स्रोतले बताएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। तर, गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय नटुंगिँदा गठबन्धनकै भविष्य अनिश्चित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने