"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीलाई भेट्न रवि लामिछाने पुगे बालकोट

प्रकाशित मिति :  25 December, 2022 2:13 pm


काठमाडौँ । सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले नेताहरु माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लामिछाने पनि बालकोट पुगेका हुन् । लामिछानेको दलसँग २० जना सांसद छन् ।

सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टुंगिएको थियो ।

अहिले सरकार गठनका लागि दलका नेताहरू निर्णायक छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् । समयसीमा सकिन लाग्दा दलहरु निर्णायक छलफलमा जुटेका छन् ।

ओली निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफलका लागि पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी