"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालकोटमा ओली, प्रचण्ड, राजेन्द्र र रविविच सत्ता साझेदारी छलफल जारी

प्रकाशित मिति :  25 December, 2022 2:26 pm


काठमाडौं । सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्।

दुई नेताबीचको छलफल सुरु भएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल तथा माओवादी केन्द्रका महासचिव देव गुरुङ सहभागी छन्।

बैठकमा जनता समाजवादी पार्टीका अशोक राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग छुट्टै छलफल गरेर बालकोटबाट निस्किसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने