"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा

प्रकाशित मिति :  25 December, 2022 4:17 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र लिएर दलहरू राष्ट्रपति निवास शीतल निवास पुग्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आज पाँच बजेसम्म बहुमत पुर्‍याएर आउन समय दिएकी थिइन् । सो समयभित्र नै दलहरू प्रचण्डलाई समर्थन गरेको पत्र लिएर जान लागेका हुन् । 

७८ सिट भएको एमाले, ३२ सिटको माओवादी, २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, ६ सिट  भएको जनमत पार्टी तथा स्वतन्त्र सांसद र नागरिक उन्मुक्ति पार्टीको समेत सहमति जुटाएर प्रचण्ड प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदैछन् ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको हो । दलहरूले सरकार बनाउने दाबी पेस गरेपछि प्रचण्ड आजै प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने