"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा

प्रकाशित मिति :  25 December, 2022 4:17 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र लिएर दलहरू राष्ट्रपति निवास शीतल निवास पुग्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आज पाँच बजेसम्म बहुमत पुर्‍याएर आउन समय दिएकी थिइन् । सो समयभित्र नै दलहरू प्रचण्डलाई समर्थन गरेको पत्र लिएर जान लागेका हुन् । 

७८ सिट भएको एमाले, ३२ सिटको माओवादी, २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, ६ सिट  भएको जनमत पार्टी तथा स्वतन्त्र सांसद र नागरिक उन्मुक्ति पार्टीको समेत सहमति जुटाएर प्रचण्ड प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदैछन् ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको हो । दलहरूले सरकार बनाउने दाबी पेस गरेपछि प्रचण्ड आजै प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी