"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उत्कृष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्छौ : गगन थापा

प्रकाशित मिति :  26 December, 2022 10:14 pm


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टीले संघीय संसद् र प्रदेश सभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।   पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढंगबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए। 

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जाहेज नभएको स्पष्ट पारे।  उनले भने, ‘निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ। कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन, अन्यले पनि पाउँदैनन्। यहीँ गठबन्धनभित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ।’

महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए। उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे। 

थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए। आगामी दिनमा कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्न सक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उहाँले जानकारी दिए।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने