"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुट्यो : शेखर कोईराला

प्रकाशित मिति :  29 December, 2022 3:51 pm


विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।

बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

‘नेपाली कांग्रेसभित्रको केही कमीकमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ उनले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस्’ डा. शेखरले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने