"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको छ : नेता खाँण

प्रकाशित मिति :  31 December, 2022 1:24 pm


काठमाडौं । बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।

कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताएका छन् । यस्तै बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा  रूपान्तरण गर्ने बताए। उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार  गरेर जानुपर्ने बताए । उनले भने  नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँ चुक्यौँ समीक्षा गर्न भने जरुरी छ ।’ 

मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे  । नेता खाँणले बिपी बाटिकामा बनाइएको बिपी कोइरालाको अर्ध कदको शालिम समेत अनावरण गरेका छन्।

यस्तैगरी बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाई अनुसन्धान केन्द्र बनाइने बताए। कार्यक्रममा  कांग्रेस नेताहरू रामकृष्ण खाँण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराई लगायतले बोल्दै बिपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने