"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको छ : नेता खाँण

प्रकाशित मिति :  31 December, 2022 1:24 pm


काठमाडौं । बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।

कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताएका छन् । यस्तै बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा  रूपान्तरण गर्ने बताए। उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार  गरेर जानुपर्ने बताए । उनले भने  नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँ चुक्यौँ समीक्षा गर्न भने जरुरी छ ।’ 

मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे  । नेता खाँणले बिपी बाटिकामा बनाइएको बिपी कोइरालाको अर्ध कदको शालिम समेत अनावरण गरेका छन्।

यस्तैगरी बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाई अनुसन्धान केन्द्र बनाइने बताए। कार्यक्रममा  कांग्रेस नेताहरू रामकृष्ण खाँण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराई लगायतले बोल्दै बिपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी