"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा उपचुनावका लागि दल दर्ताको समय पुस २८ गतेसम्म

प्रकाशित मिति :  8 January, 2023 6:06 pm


काठमाडौं । रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ताका लागि समय दिएको छ। आज सूचना निकालेर आयोगले पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो।

यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त एक पदका लागि उपचुनाव गर्न लागिएको हो। 

केन्द्रीय सदस्य संख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ता निवेदन पेश गर्न आयोगले दलहरूलाई आग्रह गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ