"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकसँग सरोकार राख्ने विधेयक संसदमा प्रस्तुत गर्न गृहकार्य

प्रकाशित मिति :  6 February, 2023 12:40 pm


काठमाडौं । सरकारले प्राथमिकतामा रहेका नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

बैठकपछि जसपाका नेता प्रदीप कुमार यादवले संघीय निजामती लगायतका एक दर्जन बढी विधेयक संसदबाट पारित गर्ने ढंगले अघि बढ्ने बताएको जानकारी दिए । उनका अनुसार बैठकमा सहभागीहरुले संसदले बिजनेस नपाएको कुरा प्रधानमन्त्री प्रचण्डसँग राखेका थिए ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिनेछ ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद