"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा सांसद सुमनाको प्रश्न – बलात्कार आरोपित सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन मिल्छ ?

प्रकाशित मिति :  ३ फाल्गुन २०७९, बुधबार १२:१८


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् । उनले नेपाली टोलीमा बलात्कारका आरोपित रहनुले राष्ट्रसामु प्रश्न उठाएको बताइन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले बलात्कारका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउने र न्याय निरुपणमा भएको ढिलाइले पीडितलाई मानसिक आघात पुगेको पनि बताइन् । ‘न्यायपालिकाको काम चुस्त‚ दुरुस्त र पारदर्शी हुनुपर्‍यो । सबैको पहुँचमा हुनुपर्‍यो । त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ । सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?’ उनले भनिन् ।

राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्यीकरण गर्न नमिल्ने भन्दै उनले भनिन्‚ ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? पीडितहरूलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ । आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको मानसिक अवस्था कस्तो होला ?’

बलात्कारको आरोपितलाई राष्ट्रिय टोलीमा रहँदा पीडकको सुरक्षा, मानसिक र सामाजिक अवस्था कस्तो होला भनेर उनले प्रश्न गरेकी थिइन् ।

त्यस्तै सांसद श्रेष्ठले जनगणना सकिएको महिनौं सकिँदा पनि प्रतिवेदन नआउनु गम्भीर विषय भएको बताइन् । उनले भनिन्, ‘तथ्यांक, आँकडा नै नभएको अवस्थामा केको आधारमा नीति निर्माण गर्ने ?’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री

बाजुरा – राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित

जेनेभा / रासस- राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग भेटवार्ता गरेका