"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक : एमालेको नाराबाजी कायमै, अर्को बैठक फागुन ६ गते बस्ने

प्रकाशित मिति :  16 February, 2022 2:03 pm


संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी कायमै

काठमाडौं ।  प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन्।

आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।

सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका थिए। एमाले सांसदहरूले नाराबाजी जारी राखे। एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए।

कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरे। त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको