"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभा : नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेन्चमा

प्रकाशित मिति :  19 March, 2023 10:18 pm


काठमाडौँ  । संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस प्रतिनिधि सभामा सत्तापक्षको बेन्चमा सरुवा भएको छ। पुस १० गतेपछि प्रमुख प्रतिपक्षी बनेको कांग्रेस करिब ३ महिनापछि सत्तापक्षको बेञ्चमा सरेको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको बेञ्चमा बसेको हो। प्रतिनिधिसभाको बैठक अघि बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको थियो।

दोस्रो ठूलो दल नेकपा एमाले भने सत्तापक्षबाट प्रतिपक्षको बेञ्चमा पुगेको छ। एमाले अन्तिम पटक फागुन १५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको बेञ्चमा बसेको थियो।

राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेले कांग्रेसलाई समर्थन गरेपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि प्रमुख प्रतिपक्षको बेञ्चमा को बस्ने भन्ने विवादका कारण फागुन १७ गते बोलाइएको प्रतिनिधिसभाको बैठक आजसम्मका लागि स्थगित भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।