"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिआरसी विधेयकमा सहमती खोज्दै सभामुख र प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

प्रकाशित मिति :  11 April, 2023 11:12 am


काठमाडौँ । सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ। बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्। महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा बोलाइएको छ।

यसअघि गत शनिबार सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा तीन शीर्ष नेताहरूको बैठक भएको थियो। उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक फास्ट ट्रयाकबाट पारित गर्न प्रस्ताव गरेका थिए। आजको बैठकमा उक्त विषयमा थप छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका