"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाउन आदेश

प्रकाशित मिति :  17 June, 2026 11:42 am


काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।’

गौतमले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले इपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी  स्वाभाविक रुपमा लागत बढाएर प्राधिकरणको थप ५० लाख ३४ लाख ४० हजार ६९६ रकम हिनामिना गरेको अभियोग लागेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको