"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेका फरार सांसद कोइरीको बिरामी बिदा स्वीकृत गर्न खोजेपछि संसद्‍मा विरोध

प्रकाशित मिति :  28 April, 2023 6:37 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले फरार एमाले सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई बिरामी बिदाको सूचीमा राखेपछि सांसदहरूले विरोध गरेका छन् ।

सभामुख घिमिरेले शुक्रबार संसद्‍मा कोइरीसमेत ५ जना सांसदको नाम ‘बिदा स्वीकृति’ का लागि संसद्‍मा प्रस्ताव पेस गरेका थिए । सांसदहरूले फरार सांसदलाई बिरामी भनिएको भन्दै विरोध जनाएका हुन् ।

सभामुखले कोइरीलाई बिरामी सूचीमा राखेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले फारार सूचीमा रहेकालाई बिरामी भनेर झुटो कुरा गर्न नमिल्ने बताए । उनले संसदले यस्तो गलत कुराको अनुमोदन गर्न नसक्ने भन्दै उनले आपत्ति जनाएका छन् । रास्वपाका सांसद रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायतले पनि आपत्ति जनाए ।

संसद्को अधिवेशन अन्त्य हुने क्रममा सभामुखले १० भन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको नामावली पढेर बिदा स्वीकृत गराउने अभ्यास छ । यस पटक चीनमा उपचार गराइरहेका माओवादी सांसद वर्षमान पुन, भारतमा उपचार गराइरहेका कांग्रेस सांसद चन्द्र भण्डारीसँगै एमालेका फरार सांसद कोइरीको पनि बिदा स्वीकृत गराउन संसद्‍मा प्रस्ताव पेस गरेका थिए । साथै कांग्रेस सांसदहरू विनाकुमारी थनैत र मनोरमा शेरचन पनि स्वोस्थ्योपचारमा रहेको सभामुख घिमिरेले जनाएका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक बसेको थियो । शुक्रबारको समेत गरी प्रतिनिधिसभाका २८ बैठक बसेका छन् । तर फरार सांसद कोइरी २१ पटक मात्र संसद्‍मा अनुपस्थित भएको जनाइएको छ । सांसदहरूको विरोधपछि सभामुख घिमिरेले आधा घण्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका