"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीबारे छलफल गर्न बैठक बस्दै: सत्ता गठबन्धन

प्रकाशित मिति :  20 February, 2022 7:21 am


काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर सत्ता साझेदार दलहरू  एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता