"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा माग सुनुवाइ नगरेका कारण एमालेको अवरोध यथावत्

प्रकाशित मिति :  20 February, 2022 12:02 pm


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ । आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन गर्न विवश छौं,’ भट्टराईले भने, ‘संसदमा के आउँछ विषयवस्तुका आधारमा होइन हामीमाथि गरेको व्यवहारका र विभेदका कारणले जे आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानकारी गराउँछौ ।’

भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने