"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा ढुक्कसँग लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान

प्रकाशित मिति :  2 June, 2023 9:40 am


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उद्योगी तथा व्यवसायीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन्।

बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।

नेपालमा लगानीकर्तालाई प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने प्रधानमन्त्रीको धारणा छ।

भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफल रूपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन्। उनले पश्चिम सेती, सेती नदी, तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने पनि बताए।

प्रचण्डले भने, ‘सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको छ।’ सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको पनि प्रचण्डको भनाइ छ। सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्।

प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलबारे पनि जानकारी गराएका थिए। नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको