"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साढे ९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

प्रकाशित मिति :  3 July, 2023 7:00 pm


काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको हो।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्न सिफारिस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम ५ हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार निजामती कर्मचारीका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, शिक्षक एक हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका एक हजार ९ सय २२ रहेका छन्। यसैगरी प्रदेशतर्फका एक हजार २७ तथा स्थानीय तहका एक हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर