"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साढे ९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

प्रकाशित मिति :  3 July, 2023 7:00 pm


काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको हो।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्न सिफारिस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम ५ हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार निजामती कर्मचारीका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, शिक्षक एक हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका एक हजार ९ सय २२ रहेका छन्। यसैगरी प्रदेशतर्फका एक हजार २७ तथा स्थानीय तहका एक हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अदालतको फैसला बमोजिम दाखिला

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट