"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुसले ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण

प्रकाशित मिति :  12 August, 2023 4:49 pm


एजेन्सी । रुसले करिब ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८:१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ ।

लुना २५ आगामी २१ वा २२ अगष्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एकवर्ष सम्म काम गर्नेछ ।

लुना २५ को वजन भने १.८ टन रहेको छ, जसमा ३१ केजी बराबरका विभिन्न वैज्ञानिक उपकरण छन् । जसले चन्द्रमाको सतहमा उत्खनन गरेर चट्टान तथा माटोको नमूना संकलन गर्नेछ । यसबाट चन्द्र सतहमा जमेको पानी, अक्सीजन आदिको सम्भावनाको खोजी गरिनेछ ।

रुसले यसअघि चन्द्रमामा पठाएको यान लुना २४ हो । जुन सन् १९७६को अगष्ट १८ मा प्रक्षेपण गरिएको थियो । 

  • एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन