"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुटिनसँग भेट्न पुगे इरानी विदेशमन्त्री रूसमा

प्रकाशित मिति :  27 April, 2026 12:50 pm


ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्। विमानस्थलमा रूसी अधिकारीहरूले उनको स्वागत गरेको भिडिओ पनि इरानी मिडियाहरूले सार्वजनिक गरेका छन्।

विदेशमन्त्री अराग्चीले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। इरानी राजदूत काजेम जलालीले पुटिनसँगको भेट निश्चित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्। भेटमा युद्धका पछिल्ला घटनाक्रम र द्वीपक्षीय सहकार्यबारे छलफल हुने जलालीले बताएका छन्। 

सेन्ट पिटर्सबर्गमा ओर्लिएपछि अराग्चीले आफ्नो भ्रमण उद्धेश्यबारे इरानी सञ्चारमाध्यमहरूसँग कुरकानी गरेका छन्।  उनले तेहरान मस्कोबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा नजिकको समन्वयलाई निरन्तरता दिन रूस आएको भनेर इरानी सञ्चारमाध्यमहरूलाई उद्धृत गरेर कतारी मिडिया अल जजिराले लेखेको छ। 

विदेशमन्त्री अराग्ची इस्लामाबादबाटै रूस गएका हुन्।  उनी गत शुक्रबार इस्लामावाद आएका थिए। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलगायत उच्च अधिकारीहरूसँग छलफल गरेर शनिबार त्यहीँबाट ओमान गएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा बिहीबार भएको भेटघाटमा सभामुख अर्यालले सरकारले

काठमाडौं – सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न