"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले भदौको अन्तिममा न्युयोर्क र चिनको भ्रमण गर्ने

प्रकाशित मिति :  15 August, 2023 6:01 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका जाने भएका छन्। बालुवाटारमा मंगलबार सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्।

न्युयोर्क भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड सोझै चीन जाने कार्यक्रम तय भएको छ। उनी असोज ४ मा चीन जाने छन्। बेइजिङमा हुँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता गर्नेछन्।

वार्ताका क्रममा किमाथांका र रसुवागढीबाट अन्तरदेशीय प्रसारण लाइन बनाउनेलगायत विषयमा कुरा हुने बताइएको छ। गत पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि नै भारत भ्रमण गरिसकेका छन्।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच