"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले भदौको अन्तिममा न्युयोर्क र चिनको भ्रमण गर्ने

प्रकाशित मिति :  15 August, 2023 6:01 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका जाने भएका छन्। बालुवाटारमा मंगलबार सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्।

न्युयोर्क भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड सोझै चीन जाने कार्यक्रम तय भएको छ। उनी असोज ४ मा चीन जाने छन्। बेइजिङमा हुँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता गर्नेछन्।

वार्ताका क्रममा किमाथांका र रसुवागढीबाट अन्तरदेशीय प्रसारण लाइन बनाउनेलगायत विषयमा कुरा हुने बताइएको छ। गत पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि नै भारत भ्रमण गरिसकेका छन्।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको

काठमाडौँ – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।