"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मदनकृष्ण श्रेष्ठको जीवनीमा ‘मदनकृष्ण’ फिल्म

प्रकाशित मिति :  26 June, 2026 12:09 pm


काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशंकर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ।  यम थापाको लेखनमा तयार हुने उक्त फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्।

चाम्सको यो चौथोँ निर्देशकीय बायोपिक हुनेछ। अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ।

उनले यसअघि दृष्टिविहिन सृष्टि केसीमाथि ‘ब्लाइन्ड रक्स’, नर्वेका प्रवासी नेपालीहरू उमेश थापा र कविता गुरुङको ‘बबी’ र फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अञ्जिला’ निर्देशन गरिसकेका छन्।

योसँगै चाम्सले सबैभन्दा बायोपिक फिल्म निर्देशनको रेकर्ड रचेका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘मदनकृष्ण’को औपचारिक घोषणा गरियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ