"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक

प्रकाशित मिति :  17 April, 2026 1:36 pm


काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो।

पहिलो आख्यानका रूपमा ‘सलह’ ल्याएका मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे। लेखक मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’

आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ‘सलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास ‘सलह’ लेखायो ।’

मकारुङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । स्मृतिमा जान खोज्दा पाँच वर्षको उमेरदेखि सम्झिन्छु । हाम्रो परिवार उदयपुरको झोडामा पुगेको थियो । झोडाभित्र हाम्रो झुपडी थियो । टुकीको सानो उज्यालो थियो । ठूलो उज्यालो खोज्ने हुँदा मैले झुपडी नै जलाएको थिएँ । अझ उज्यालो खोज्ने हुँदा अँध्यारो पारेछु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको