"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीकापुर साहित्य महोत्सव तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति :  30 March, 2026 7:56 pm


काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव आइतबार सम्पन्न भएको हो ।

चैत १३ गतेबाट सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई समेटिएको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार यो तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को विशेष सोचमा केन्द्रित थियो । नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्य यस महोत्सवले पूरा गरेको उनको भनाइ छ । ‘हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक-बहुसांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गरेको छ’ शाहले भने ।

महोत्सव अवधिभर २१ वटा विशेष सत्र सञ्चालन गरिएको उनले जानकारी दिए । ती सत्रहरूमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विचार विमर्श र अन्तर्क्रिया भएको शाहले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ