"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधुपर्क २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित

प्रकाशित मिति :  13 June, 2026 12:47 pm


काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले उहाँहरुलाई नगदसहित सम्मानपत्रले सम्मानित गरे ।

सम्मानित हुनेमा वरिष्ठ साहित्यकार यादव खरेल (पद्य), वरिष्ठ कथाकार भाउपन्थी (गद्य) र मधुपर्क प्रतिभाबाट डा. गीता त्रिपाठी हुन । जनही नगद ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मानित गरिएको छ । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कले हरेक वर्ष सम्मान प्रदान गर्दै आएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको साहित्य, संस्कृति र सङ्गीत बलियो भयो भने अन्य पक्ष पनि बलियो हुने बताए । सम्मान कार्यक्रममा गोरखापत्र संस्थानले भाषा साहित्य क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउँदै यसको समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ