"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्रम्पविरुद्ध जर्जियाको चुनावमा धाँधली गरेको आरोपमा मुद्दा

प्रकाशित मिति :  16 August, 2023 2:14 pm


एजेन्सी । सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ । उनीमाथि पछिल्लो पटक सन् २०२० मा भएको राष्ट्रपति निर्वाचन अन्तर्गत जर्जियामा धाँधली गरेको आरोप लागेको छ । यसै वर्ष ट्रम्पमाथि लागेको यो चौथो फौजदारी अभियोग हो ।

जर्जियाको ग्राण्ड जुरीले ट्रम्पमाथि चुनावी नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको हो । ग्राण्ड जुरीले भनेको छ, ‘ट्रम्प र यस अभियोगमा आरोपी बनाइएका अन्य आरोपीहरुले चुनावमा भएको हार अस्वीकार गरे । उनीहरु जानीबुझी चुनावी परिणाम ट्रम्पको पक्षमा गैरकानुनी रुपले बदल्ने षडयन्त्रमा संलग्न भए ।’

अमेरिकी मिडिया रिपोर्ट अनुसार फुल्टन काउन्टी जिल्लाका महान्यायाधिवक्ता फानी विलिसले विगत दुई वर्षदेखि ट्रम्पमाथि लागेको आरोपमा अनुसन्धान गर्दै आएका थिए । उनले गत सोमबार राति अबेर पत्रकार सम्मेलन गरी ट्रम्प र उनका सहयोगी १८ जना निर्वाचन परिणाम उल्टाउने षडयन्त्रमा संलग्न भएको भन्दै एकसाथ मुद्दा चलाउन सिफारिस गरिएको बताए ।

ट्रम्पले भने आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा