"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्रम्पविरुद्ध जर्जियाको चुनावमा धाँधली गरेको आरोपमा मुद्दा

प्रकाशित मिति :  16 August, 2023 2:14 pm


एजेन्सी । सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ । उनीमाथि पछिल्लो पटक सन् २०२० मा भएको राष्ट्रपति निर्वाचन अन्तर्गत जर्जियामा धाँधली गरेको आरोप लागेको छ । यसै वर्ष ट्रम्पमाथि लागेको यो चौथो फौजदारी अभियोग हो ।

जर्जियाको ग्राण्ड जुरीले ट्रम्पमाथि चुनावी नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको हो । ग्राण्ड जुरीले भनेको छ, ‘ट्रम्प र यस अभियोगमा आरोपी बनाइएका अन्य आरोपीहरुले चुनावमा भएको हार अस्वीकार गरे । उनीहरु जानीबुझी चुनावी परिणाम ट्रम्पको पक्षमा गैरकानुनी रुपले बदल्ने षडयन्त्रमा संलग्न भए ।’

अमेरिकी मिडिया रिपोर्ट अनुसार फुल्टन काउन्टी जिल्लाका महान्यायाधिवक्ता फानी विलिसले विगत दुई वर्षदेखि ट्रम्पमाथि लागेको आरोपमा अनुसन्धान गर्दै आएका थिए । उनले गत सोमबार राति अबेर पत्रकार सम्मेलन गरी ट्रम्प र उनका सहयोगी १८ जना निर्वाचन परिणाम उल्टाउने षडयन्त्रमा संलग्न भएको भन्दै एकसाथ मुद्दा चलाउन सिफारिस गरिएको बताए ।

ट्रम्पले भने आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन