"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

प्रकाशित मिति :  18 August, 2023 3:15 pm


काठमाडौँ । सरकारले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० तोकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार २०८० साउन १ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।

मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको छ। तर यहाँ चियाबगानका श्रमिकको बाहेक भनिएको छ। राजपत्रमा चिया बगानका श्रमिकको ज्याला १३ हजार ८९३ तोकिएको छ।

वृद्धि भएको पारिश्रमिकमा चिया बगानका श्रमिकका लागि ८ हजार ९३४ आधारभूत र ४ हजार ९ सय ५९ महँगी भत्ता गरेर मासिक १३ हजार ८९३ तोकिएको हो।

चिया बगानका श्रमिकलाई आधारभूत र महँगी भत्ता जोडेर दैनिक ५०० पारिश्रमिक निर्धारण गरिएको छ। यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ निर्धारण गरिएको छ।

पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्य रूपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ।

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेकोभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा