"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 April, 2026 3:18 pm


काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो । दुवै जनाको आपसी मिलोमतोमा करिब १ करोड बराबरको भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगले दायर गरेको आरोपपत्र अनुसार नमुना विद्यालय भवन निर्माण गर्दा खर्चभन्दा बढी बिल भर्पाइ बनाइ प्रअ र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

यसैगरी उनीहरूले विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ नगद पनि हिनामिना गरेको उल्लेख छ । साथै आर्थिक वर्ष २०७७/७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — अध्यागमन विभागका कम्प्युटर अपरेटर र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भिसा नै कीर्ते गरेको अभियोगमा

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग