"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतले प्रक्षेपण गरेको चन्द्रयान ३ को सफल अवतरण

प्रकाशित मिति :  23 August, 2023 10:13 pm


काठमाडौँ । भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको छ। गत जुलाई १३ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ स्थानीय समयअनुसार बुधबार ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा अवतरण गरेको हो। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रूस र चीनमात्रै पुगेका छन्। चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि यो एक ऐतिहासिक दिनको रूपमा रहेको बताएका छन्। भारतका लागि यो सफलताको अमृत वर्ष भनेका छन्। भारत पनि अब चन्द्रमामा छ।  दक्षिण अफ्रिकामा रहेका  मोदीले सबैको साथ उत्सव र उमंगमा सँगै रहेको बताए। उनले सबै वैज्ञानिक र यस कार्यमा जोडिएका सबैलाई बधाईसमेत दिए। भारतीय वैज्ञानिकको परिश्रम र ज्ञानले चन्द्रमासँग भारत जोडिएको र सबै मिथ स्पष्ट भएको पनि उनले बताए।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत जुलाई १३ मा दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिस धावन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान प्रक्षेपण गरेको थियो। ‘एलभीएम-३’ रकेटले अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो। भारतले पहिलोपटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण गर्न नसके पनि चन्द्रयान-१ ले त्यहाँ पानी भएको पत्ता लगाएको थियो।

सन् २०१९ मा प्रक्षेपण गरिएको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो। तेस्रो यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको हो।

पहिलो अवतरण गर्न सकेन, दोस्रो दुर्घटनामा पर्‍यो। अहिले भने भारतले सफलता पाएको हो। यसलाई भारतीयले उत्सवका रूपमा मनाएका छन्। चन्द्रयान महाअभियान प्रधानमन्त्री मोदीले अघि बढाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ