"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

प्रकाशित मिति :  25 August, 2023 11:56 am


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।  औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो ।

ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।

ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएका छन् । जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा पनि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ