"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इमरान खानलाई विशेष अदालतले फेरि थुनामा पठायो

प्रकाशित मिति :  29 August, 2023 5:32 pm


एजेन्सी । तोशाखाना मामिलामा अटक जेलमा थुनामा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले रोक लगाएको छ । इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखाना मामिलामा इमरानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यो फैसला विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुकले कारबारी रोक्न र पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।

इमरानका वकिल सलमान सफदरले यो आदेश आउनुअघि नै इमरानलाई  अन्य मामिलामा पक्राउ नगर्नका लागि अनुरोध गर्दै इस्लामावाद उच्च अदालतमा निवेदन दिएका छन् । तर पनि २२ दिनदेखि अटक जेलमा रहेका खान रिहा हुन्छन् कि हुँदैनन् भन्ने अन्योल छ ।

किनकि इस्लामावादकै विशेष अदालतले उनलाई सिफर मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन