"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा

प्रकाशित मिति :  5 September, 2023 4:50 pm


काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ। आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको हो।

सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ। आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा