"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा

प्रकाशित मिति :  5 September, 2023 4:50 pm


काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ। आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको हो।

सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ। आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर