"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि शिक्षण अस्पतालमा ५० जना स्टाफ नर्स रोजगारी अवसर

प्रकाशित मिति :  8 September, 2023 3:10 pm


काठमाडौं । त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

अनलाइनबाट भरिने फारामको दस्तुर असोज ४ गतेभित्र हिमालयन बैंकमा रहेको संस्थानको खातामा जम्मा गर्न भनिएको छ।

परीक्षा असोज १३ गते हुनेछ। परीक्षाको समय र परीक्षा केन्द्र भने पछि प्रकाशन हुने संस्थानले जानकारी दिएको छ।  

staff-nurse-1694145887.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा