"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे संसद्लाई जानकारी

प्रकाशित मिति :  15 September, 2023 3:01 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

उनी भदौ ३० गते अमेरिका जानेछन्। भ्रमणका लागि सकेसम्म सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको प्रधानमन्त्रीले बताए। संयुक्त राष्ट्रसंघको महासभामा उनले असोज ४ गते सम्बोधन गर्नेछन्। उनले महासभामा नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिबारे जानकारी गराउनेछन्। साथै विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग साइडलाइड वार्ता गर्ने जानकारी प्रधानमन्त्रीले दिए।

असोज ५ गते अमेरिकाबाटै चीन भ्रमणमा जानेछन्। उनी न्युयोर्कबाट सीधै ग्वान्जाओ जाने कार्यक्रम तय भएको छ। उनले चीनका राष्ट्रपति सीन जिनफिङसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिए। आफ्नो चीन भ्रमणले  दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने उनले बताए। साथै उनले भ्रमणका क्रममा कोभिड–१९ पछि बन्द भएका परम्परागत नाका खुलाउने विषयमा वार्ता गर्ने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट