"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी

प्रकाशित मिति :  15 September, 2023 3:05 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा इलाम निर्वाचन क्षेत्र नम्बर-२ रिक्त भएको जानकारी गराइएको छ। सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएको छ।

संविधानको धारा ८९ को च मा प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा निज निर्वाचित क्षेत्र रिक्त हुने व्यवस्था छ। सोहीअनुसार सभामुख घिमिरेले इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अब उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य चयन हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार