"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत र क्यानडाका एक-अर्काका कूटनीतिज्ञ देश निकाला

प्रकाशित मिति :  19 September, 2023 4:14 pm


एजेन्सी । भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव चुलिएको हो।

गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो। सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए। एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने उनको भनाइ थियो। त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो।

जवाफमा भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको बताएको थियो। आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि मंगलबार एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ।

गुरद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन् २०२० मा आतंककारी घोषणा गरेको थियो। भारतमा केही शिखहरूले पञ्जाबमा छुट्टै खलिस्तान देश बनाउने आन्दोलन गरिरहेका छन्।  सुरूमा भारतको पञ्जाबमा खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट खलिस्तान भूमि गाभ्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।

निज्जारले  क्यानडामा त्यही खलिस्तानको अभियानलाई अघि बढाएका थिए। क्यानडामा ठूलो संख्यामा भारतीय मूलका शिखहरू बस्छन्। गत वैशाखमा पक्राउ परेका वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता अमृतपाल सिंह पनि खलिस्तानी अभियन्ता थिए। उनलाई अहिले असमको जेलमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने